संघको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित 


द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ, नेपालले आफ्नो वार्षिकउत्सवमा प्रत्येक वर्ष वितरण गर्ने ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम’ स्थगित गरेको छ ।

कोभिड-१९ महामारीले निम्त्याएको लकडाउनका बीच विगतका वर्षमा जस्तै कार्यक्रम गर्न नसकिने भएपछी यस वर्षका लागि ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम’ स्थगित गरिएको हो ।

जेठ ७ गतेलाई आफ्नो स्थापना दिवसको रुपमा ‘चलचित्र पत्रकारिता दिवस’ मनाउदै आइरहेकोमा, यसपटक भने अनलाइन मार्फत शुभकामना आदान-प्रदान गर्न हुन्, महा-सचिव समीर बलामीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले प्रत्येक वर्ष दुई जनालाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र १ जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ ।

साथै, आगामी वर्षदेखि संघले पुरस्कार रकममा बढोत्तरी गर्ने र मोफसल चलचित्र पत्रकारितालाई पनि समेट्दै ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पनि थप्ने बताएको छ ।

विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्