‘मिस वर्ल्ड’ मानुषीको बलिउड डेब्यु पक्का, अक्षयसँग जोडी


द सिनेमा टाइम्स, काठमाडौँ – ‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरले बलिउड डेब्यु गर्ने पक्का भएको छ । उनि सिनेमा ‘पृथ्वीराज’को लागि ९ महिना अगाडी नै अनुबन्धित भैसकेकी थिइन् । तर, यसराज व्यानरले अहिले आएर खबर सार्वजनिक गरेको छ ।

सिनेमामा अक्षय कुमारले शिर्ष भूमिका निर्वाह गर्नेछन । भने, मानुषीले संयोगीताको भूमिका निर्वाह गर्नेछिन् । जसको लागि उनले विगत ९ महिनादेखि अभिनय सिकिरहेकी छन् । सिनेमा पृथ्वीराज र संयोगीताको अमर प्रेमकहानीमा निर्माण हुनेछ ।

डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्ने सिनेमाको टिजर र रिलिज डेट पनि सार्वजनिक भैसकेको छ । सिनेमा २०२० को दिवालीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्