२५ अक्टुबरमा टोनी कक्कर नेपाल आउने


द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय लोकप्रिय गायक टोनी कक्कर नेपाल आउने भएका छन् । हुनत, उनि सेप्टेम्बरमै नेपाल आउने कार्यक्रम थियो । प्राविधिक कारणबस अक्टुबर २५ नेपाली दर्शक/श्रोता माँझ उनि उदाउने पक्का भएको छ ।

क्लब फरेनहाइटको प्रत्यक्ष प्रस्तुतिमा उनले ‘कोका कोला’, ‘मिले हो तुम हमको’, ‘कुछ कुछ’, ‘ओ हमसफर’ जस्ता आफ्ना हिट नम्बर सुनाउने छन् । सि.एन.आई इभेन्ट्सको आयोजना हुने ‘टोनी कक्कर लाइभ’मा २५ सय र ३५ सय प्रवेश शुल्क तय गरिएको छ ।

तर, कार्यक्रमकै दिनमा टिकट लिँदा ३५ सयदेखि ५ हजारसम्म रकम लाग्ने कार्यक्रम संयोजक निराजन गिरीले बताएका छन् । त्यसैले समयमै आफ्नो स्थान सुरक्षित गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्