दिवाकरको ‘तिमिसँगै हुने मन छ’मा रविन्द्रको इन्ट्री

दिवाकरको ‘तिमिसँगै हुने मन छ’मा रविन्द्रको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्माण गर्न लागेको सिनेमा ‘तिमीसँगै हुने मन छ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् ।

रविन्द्र पछिल्लो समयका सर्वाधिक व्यस्त कलाकार मध्येका एक हुन् । उनले अभिनय गरेका सिनेमा महिनै पिच्छे रिलिज हुने गरेका छन् । उत्कृष्ट अभिनय क्षमताका कारण राम्रो पारिश्रमिक दिएर रविन्द्रलाई अनुबन्धित गरिएको निर्देशक भट्टराईले बताए ।

अभिनेता झाको विशेष भुमिकाले सिनेमालाई थप उचाईमा पुराउने विश्वास निर्देशक भट्टराईले व्यक्त गरे । उनले अगाडी भने, ‘रविन्द्र जी हाम्रो स्क्रिप्टका लागी फिट कलाकार हो, मुख्य कलाकारहरुमध्ये एक विशेष क्यारेक्टरमा उहाँको अभिनय देख्न सकिनेछ ।’ कागजी सम्झौतासँगै पारिश्रमिक स्वरुप झालाई चेक हस्तान्तरण पनि गरिएको छ ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको अधिकांश छायाँकन पोखरामा गरिनेछ । दशैँपछि फ्लोरमा जाने सिनेमामा नयाँ तथा पुराना कलाकारको समिश्रण रहने निर्देशक भट्टराईले बताए । तर, सिनेमामा रविन्द्रका अलवा अन्य को-को कलाकार रहने भन्ने खुलाएको छैन् । सिनेमा पुर्ण प्रेमकथामा आधारित हुने बताइएको छ । हाल भट्टराईसहित सिनेमाको टिम स्क्रिप्टलाई अन्तिम रुप दिने तयारीमा छ ।

सिनेमामा केहि नाम चलेका र केहि नयाँ कलाकार इन्ट्रि हुने बुझिएको छ । श्रोतका अनुसार मुख्य अभिनेता फाइनल गरिएपनि नाम भने घोषणा गरिएको छैन । भने, अभिनेत्री दिपिका प्रसाईलाई फाइनल गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाको केहि हप्तामै घोषणा हुनेछ । जहाँ सिनेमाको सम्पुर्ण काष्ट एण्ड क्रुको जानकारी दिइनेछ ।