कार्तिक ८ रिलिज डेट तोक्दै सार्वजनिक भयो ‘घामड शेरे’को पोस्टर


द सिनेमा टाइम्स, काठमाडौँ – निश्चल बस्नेतको शिर्ष भूमिका रहेको सिनेमा ‘घामड शेरे’ फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित सिनेमाको पोस्टरमा निश्चल बस्नेत मात्र अटाएका छन् ।निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । शिर्षकसँग जोडिएको गाडीको कार्टूनले सिनेमा कतै जर्नीस्टोरीमा आधारित त होइन भन्ने कौतुहलता सिर्जना गर्छ । सोसियल कमेडी जनराको सिनेमामा स्वस्तिमा खड्काको पनि मुख्य भूमिका छ । रियल कपल निश्चल र स्वस्तिमा पहिलो पटक ठुलो पर्दामा देखिदैछन् ।सिनेमामा कथा, पटकथा र लगानी पनि निर्देशक बिसीकै छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको सिनेमामा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । सिनेमा तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्