विहिबार नेपाल आउने सन्नीको समय तालिका यस्तो छ


द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘पासवर्ड’ प्रिमियरको लागि नेपाल आउन लागेकी बलिउड अभिनेत्री सन्नी लियोनीको समय तालिका बाहिरिएको छ । विहिबार बेलुका ७:३० बजे कुमारी हलमा रेड कार्पेटमा मिडिया साक्षात्कार गरेपछि उनले ‘पासवर्ड’ सिनेमा हर्नेछिन् ।प्रिमियर पश्चात उनि हायात होटलमा बस्नेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ । विहिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड हुनेछिन ।

यसअघि ‘द म्यान फ्रम काठमाडौँ’को प्रिमियरका लागि बलिउड अभिनेता गुलसन ग्रोवर नेपाल पनि नेपाल आएका थिए ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । एक्सनप्रधान सिनेमा भदौ २७ अर्थात शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्