साउनमा हरियो सारीमा साम्राज्ञी (फोटोफिचर)


द सिनेमा टाइम्स, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी शाह वर्तमान परिपेक्षमा नेपाली सिनेमा क्षेत्रकी ठुलो स्टारडम भएकी अभिनेत्री हुन् । उनलाई सिनेमामा लिनको लागि निर्माताहरु हानथाप गर्छन ।

विशेष गरि उनको बोल्ड छविको कारण दर्शकले माया दिएका छन् । तर, विहिबार भने उनि हरियो सारीमा मिडियाको क्यामरामा कैद भईन । दशैँमा रिलिज हुने उनको सिनेमा ‘रातो टिका निधारमा’को विहिबार गीत रिलिज कार्यक्रम आयोजना गरिएको थियो ।कुमारी हलको परिसरमा देखिँदा उनको वदलिएको पहिरणले सबैको मन जित्यो । पहिलो पटक सारीमा सार्वजनिक कार्यक्रममा पुगेर साम्राज्ञीले मिडियासँग साक्षात्कार गरिन । साम्राज्ञीको सारी पहिरण देखेर पत्रकार थुप्रै लख काटे । हरियो सारीमा निक्कै खुलेकी साम्राज्ञीलाई कतै साउन लागेको त होइन ?

निर्माण टिमसँग बुझ्दा मात्र थाहा भयो गीतको थिम अनुसार उनि सारीमा उपस्थित भएकी रहिछन । त्यसैमा साउन भन्न वितिक्कै नेपाली हिन्दु नारीहरुको मन पर्ने रंग हरियो । गीत र साउनलाई केन्द्रित गरेर साम्राज्ञीको उक्त पहिरण तयार गरिएको रहेछ ।बिहिबार सार्वजनिक गीतमा पनि साम्राज्ञी पहिलो पटक सारीमा प्रस्तुत भएकी छन् । उक्त गीतमा अंकित शर्मा पनि फिचरिङ छन् । अंकितले यहिँ सिनेमाबाट डेब्यु गर्दैछन् ।

अशोक शर्माले निर्देशन गरेको सिनेमामा नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।

तस्विर: ज्ञानु राई

प्रतिक्रिया दिनुहोस्