नेपाली कलकारको हिंन्दी गीत ‘क्या क्या’ रिलिज (भिडियो)


द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा अभिनेता भानु प्रताप र अमृत रसाईलीको लगानीमा निर्माण भएको हिंन्दी गीत ‘क्या क्या’को भिडियो सार्वजनिक गरिएको छ । बिगत एक वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका भानु प्रतापले थुप्रै नेपाली सिनेमामा अभिनय गरेका छन् । भने, दुई वर्ष पहिले प्रदर्शन भएको सिनेमा लाल्टिन निर्माण समेत गरेका थिए ।

मनोज अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठलगायतका कलाकारलाई फिचर्ड गरिएको छ । निर्माता तथा कलाकार भानु प्रतापको कन्सेप्टमा तयार भएको गीतमा प्रभात यादवले स्वर भरेका छन् । बलराम मिश्रको शब्द तथा कम्पोज रहेको गीतलाई अन्जान श्रेष्ठले एरेञ्ज र संगीत भरेका हुन् । रह शर्माले छायाँकन गरेको गीतलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।