शाहरुखको ‘जिरो’ टिजर

शाहरुखको ‘जिरो’ टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१७ बलिउड अभिनेता शाहरुख खानको लागि एभरेज रह्यो । यो वर्षमा प्रदर्शन भएको ‘रईस’ हिट हुँदा ‘जब ह्यारी मिट सेजल’ले भने बक्सअफिसमा हावा खायो ।

अब, २०१८ भने शाहरुखको लागि आशाको वर्ष मानिएको छ । यो वर्ष शाहरुख अभिनित ‘जिरो’ प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसर पारेर आनन्द एल रायको निर्देशनमा बनिरहेको ‘जिरो’को टिजर सार्वजनिक गरिएको छ । जहाँ शाहरुखले फ्यानलाई आफ्नो अवतारबाट आश्चर्य चकित पार्नेछन् ।

अनुष्का शर्मा र कट्रिना कैफको पनि मुख्य भूमिका रहेको सिनेमालाई अनटाइटल रुपमा घोषणा गरिएको थियो । अन्तत: लामो समयको प्रतिक्षा पछी ‘जिरो’ नाम घोषणा गरियो । सिनेमा यहिँ वर्षको डिसेम्बर २१ मा रिलिज हुनेछ ।