जिरो टिजर: सलमानको काखमा शाहरुख

जिरो टिजर: सलमानको काखमा शाहरुख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शाहरुख खानको बहुप्रतिक्षित सिनेमा ‘जिरो’को दोस्रो टिजर सार्वजनिक भएको छ । यसको पहिलो टिजर अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक गरिएको थियो ।

उक्त टिजरमा शाहरुख होचो व्यक्तिको अवतारमा प्रस्तुत भएका थिए । पहिलो टिजरबाटै एक्कासी हाइप बनाएको सिनेमाको दोस्रो टिजरले पनि चर्चा कमाउनेमा दुई मत छैन । इदको अवसर पारि सार्वजनिक गरिएको दोस्रो टिजरमा सलमान खानलाई हाइलाइट गरिएको छ । रोचक कुरा त यो छ, टिजरमा सलमानले होचा होचा शाहरुखलाई काखमा लिएका छन् ।

इदको अवसर पारेर यहिँ शुक्रबारबाट सलमान खानको ‘रेस ३’ प्रदर्शनमा आउँदैछ । आनन्द एल रायको निर्देशन रहेको ‘जिरो’ डिसेम्बर २१ मा रिलिज हुँदैछ । खबरका अनुसार निर्माण पक्षले ठुला चाडहरुको अवसर पारि सिनेमा टिजर/ट्रेलर/गीत जस्ता पब्लिसिटीका सामग्री सार्वजनिक गर्नेछ ।

हाल छायाँकनरत सिनेमामा अनुष्का शर्मा र कट्रिना कैफको पनि मुख्य भूमिका छ ।