माघ २५ मा रिलिज हुने भयो ऋचा र छुल्ठिमको ‘न यता न उता’

माघ २५ मा रिलिज हुने भयो ऋचा र छुल्ठिमको ‘न यता न उता’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेको सिनेमा ‘न यता न उता’को रिलिज डेट फाइनल गरिएको छ । अब यो सिनेमा आगामी माघ २५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने छ । कमेडी कथामा निर्माण भएको सिनेमाको रिलिज डेट वितरकको सहमतीमा माघ २५ लाई पक्का गरिएको निर्माता तथा निर्देशक मिराज रोशले बताए ।

त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । सिनेमामा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।