सलिन र सलोनको ‘यात्रा’ घोषणा

सलिन र सलोनको ‘यात्रा’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु व्वाय सलिनमान बनियाँको दोस्रो प्रोजेक्ट ‘यात्रा – अ म्युजिकल ब्लग’को अफिसियल घोषणा गरिएको छ । सोमबार राजधानीमा प्रेसमिट गरि सिनेमाले आफ्नो कास्ट एण्ड क्रु सार्वजनिक गर्यो ।

सम्राट शाक्यले निर्देशन गर्ने सिनेमामा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । सलोन र सलिनमानले यसअघि ‘ए मेरो हजुर २’मा पनि सँगै काम गरेका थिए । यी दुई कलाकारका अलावा सिनेमामा जाहन्वी बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, मालिका महत, बिशाल कटुवाल, धिरेन शाक्य, राजराम पौडेल, जयनन्द लामा, समृद्दी राई, जुन छ्यांग (चिन), बोबी (केन्या), योगेश जंग कुँवर, राजेश बिसुरल, आईपी आचार्य, नानीकाजी डंगोल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा र बालकलाकारमा अंकित संग्रौला, एन्जल राईको अभिनय रहनेछ ।

निर्देशक शाक्यसँगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खतिको लेखन रहेको सिनेमालाई कोटकी कालिका देवी प्रालीको व्यानरमा केशव भट्टराई, मुक्ती तिमल्सिना, मधू क्षेत्री र धर्मराज अधिकारीले संयुक्त रुपमा निर्माण गर्ने छन् ।

४५ दिनको छायाँकन सेड्युल रहेको सिनेमा बैशाख तेस्रो २५ गते देखि फ्लोरमा जादैछ । सिनेमाको रिलिज डेट अशोज ५ लाई तय गरिएको छ ।

‘यात्रा – अ म्युजिकल ब्लग’मा संजय लामाको छायाँकन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन, बनिश शाहको सम्पादन र शम्भुजित बाँस्कोटा/प्रतिक पौडेल/कोबिड बज्रको संगीत रहनेछ ।