‘कान्तिपुर फिल्म एकेडेमी’ले पोखरा सिनेमा मेकिङ्ग वर्कसप गर्दै

‘कान्तिपुर फिल्म एकेडेमी’ले पोखरा सिनेमा मेकिङ्ग वर्कसप गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको ‘कान्तिपु फिल्म एकेडेमी’ले आगामी भाद्र २४ गतेदेखि २९ गतेसम्म सुन्दर नगरी पोखरामा सिनेमा मेकिङ्ग वर्कसप हुने भएको छ । पोखरमा यसअधि थुप्रै सिनेमाको छायांकन, फिल्म फेस्टीवल अवार्ड लगायतका कार्यक्रम भएता पनि सिनेमा निर्माण सम्बन्धी वर्कसप भने पहिलो पटक हुन लागेको हो । पछिल्लो समय सिनेमा निर्माण र प्रदर्शन सम्बन्धीसर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरीज, म्युजिक भिडीयो, टेलिभीजनकार्यक्रम, युट्युव प्रोग्राम, कमर्सीयल भिडीयो लगायतका प्लेटफर्ममा पनी राम्रो करियर र कमाई देखीन थालेपछी युवा पुस्तामा सिनेमा मेकीङ्गमा थपचासो बढेको पाईएको छ ।तर कतीपय ईन्डीपेन्डेन्ट न्यू सिनेमा मेकरहरु रुची र कन्सेप्ट भएर पनी सिनेमा निर्माण सम्बन्धी सैद्धान्तीक तथा प्राविधीक ज्ञान नहुनाले कामगर्न नसकीरहेको समस्यालाई मध्यनजर गर्दै यो प्रकारको शैक्षिक अभियान सुरु गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । पुर्वको विर्तामोडबाट सुरु भएको वर्कसप ईटहरी, हेटौडा, दाङ्ग, नारायणघाट पछी पोखरामा हुनलागेको हो । पोखरा पछी पनी बुटवल, नेपालगञ्ज हुदै धनगढीमा पुगेर वर्कसपको देश दौडाहा कार्यक्रम सकिने बताइएको छ ।

मुख्यतया वर्कसपमा फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटीङ्ग, डाईरेक्सन र सिनेमा निर्माणमा केन्द्रित रहेर गरिने छ । पोखरामा हुन लागेको उक्त वर्कसपको लागी ‘हाईवे’ तथा ‘कालो पोथी’का राइटर अविनास बिक्रम शाह, ‘हिफाजत’, ‘अन्दाज’, ‘दशगजा’, ‘मंगलमल’ गायत दर्जनौ सिनेमाका सिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन् भने वर्कशपमा सहभागी विद्यार्थीहरुलाई हौसला तथा प्रोत्साहनको लागी कलाकार दिपकराजगिरी पनी पोखराको वर्कशपमा जानेछन् ।सिनेमा निर्माण सम्बन्धी ईच्छा भएका र सिक्न चाहने जो कोहीले पनी वर्कसपमा सहभागी हुन सक्नेछन् । यस्ता प्रकारको वर्कशपले नयाँ पुस्तालाई सिनेमा मेकीङ्गमा प्रोत्साहन गर्ने र उनिहरुको काममा प्रत्यक्ष असर देखीने गरेको पुरीे बताए ।