किन अवार्ड लिन उपस्थित हुदैनन् विपिन ?

किन अवार्ड लिन उपस्थित हुदैनन् विपिन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता विपिन कार्की पछिल्लो समयमा आफ्नो अभिनयबाट लोकप्रिय भएका कलाकार हुन् । विपिनको अभिनय मन नपराउँने सायदै होलान् । विभिन्न सिनेमाका भिन्न भूमिकाबाट विपिनले तारिफ पाउँने गरेका छन् ।

‘छड्के’ (इन्दु), ‘पशुपति प्रसाद’ (भस्मे), ‘जात्रा’ (फणिन्द्र), ‘लूट २’को (पित्तल) या त ‘कालो पोथी’मा निभाएको छोटो दमाईको भूमिकाबाट विपिनले दर्शक माँझ आफ्नो परिचय दिईसकेका छन् । अहिले सिनेमा ‘हरी’को छायाँकनमा व्यस्त विपिनका ‘लालपुर्जा’ र ‘नाका’ प्रदर्शनको क्रममा छन् ।

‘जात्रा’मा (फणिन्द्र)को भूमिकामा विपिन

अभिनयमा अब्बल विपिनका यो वर्ष अहिलेसम्म कुनै पनि सिनेमा प्रदर्शनमा आएका छैनन् । तर, महिनाभरि मिडियामा उनको नाम छाईरहेकै छ । कारण हो उनि अभिनित ‘जात्रा’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितीरहेका छन् । यो वर्ष सम्पन्न ४ अवार्ड मध्ये ३ अवार्डमा विपिनले कब्जा जमाएर ह्याट्रिक गरिसकेका छन् ।

तर, विपिनले स्टेज चढेर अहिलेसम्म कुनै पनि अवार्ड उचालेका छैनन् । अझ भनौ त यो वर्षका अवार्ड उत्कृष्ट अभिनेतामय हुन् सकेका छैनन् । उनलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले अवार्ड थामाउदै आईरहेका छन् । आखिर किन विपिन अवार्ड लिन समारोहमा उपस्थित हुदैनन त ?

यस विषयमा द सिनेमा टाइम्ससँग कुरा गर्दै यसो भने ‘मेरो अवार्ड प्रति कुनै नराम्रो धारणा छैन । म व्यस्त भएका कारण अवार्ड समारोहमा सहभागी हुन् नपाएको हु । अहिले व्याक टु व्याक सिनेमामा व्यस्त छु त्यसैले अवार्डमा उपस्थित हुन् पाईरहेको छैन । र मेरो पहिलो काम भनेको मेरो कर्म हो । यदि कर्म नै गरेन भने फल कसरी प्राप्त हुन्छ र ?’ उनले सिनेमा टाइम्ससँग प्रतिप्रश्न गरे ।

साथै आफुले काम नै छोडेर अवार्डको पछाडी नदौडीने समेत बताए । विपिनको यो बोलिले के प्रष्ट हुन्छ भने उनि काम गर्छन तर फलको आशा त्यति गर्दैनन् ।