किन असफल भयो ‘जग्गा जासूस’ ?

किन असफल भयो ‘जग्गा जासूस’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २०१२ मा ‘बर्फी’ निर्देशन गरेका अनुराग बासुले करिव ५ वर्षको अन्तराल पछी ‘जग्गा जासूस’ लिएर आए । तर, ५ वर्ष अगाडी ‘बर्फी’बाट कमाएको जस्तो सफलता हाँसिल गर्न सकेनन् ।

अघिल्लो सिनेमाको तुलना यसपटक ‘जग्गा जासूस’ले क्रिटिक्सबाट उत्कृष्ट प्रतिक्रिया पाउँन सकेन । फलस्वरूप बक्सअफिसमा धक्का लाग्यो । निक्कै मेहनतका साथ निर्माण गरेको ‘जग्गा जासुस’ले हलसम्म आईपुग्दा त्यो किसिमको चर्चा पाउँन सकेन । जुन चर्चाले यो महँगो बजेटको सिनेमालाई बक्सअफिसमा उभो लगाउँन सक्थ्यो ।

लामो समय देखिको प्रतिक्षा, रिलिज मिति फेरबदल, सिनेमाको लम्बाई, कास्टिङ लगायतले गर्दा दर्शक हलसम्म आउँन सकेनन् । २ घण्टा ४२ मिनेट लामो सिनेमा पछिल्लो समयका दर्शकलाई पक्कै पनि पच्य हुदैन । अहिलेको व्यस्त जीवनमा मनोरंजनका लागि करिब ४ घण्टाको समय हलमा बिताउँन जो कोहिलाई गाह्रो पर्न सक्छ । त्यसैमा सिनेमाको मिश्रीत प्रतिक्रियाले ४ घण्टाको समय सिनेमाको लागि छुट्याउन जो कोहि हिच्किचाउनु स्वाभाविक नै हो ।

यसअघिका सिनेमामा अभिनयमा पोख्त कलाकारहरु लिएर सिनेमा बनाएका अनुरागले यसपटक कट्रिना कैफलाई कास्टिङ गरे । जसको प्रभाव बक्सअफिसमा पर्नु स्वाभाविकनै हो । सिनेमामा कट्रिनाको अभिनय ठिकैको छ । यतिको अभिनय कट्रिनाको लागि काफि हुन् सक्छ । तर, अनुरागको सिनेमाप्रति प्रश्न चिन्ह अवश्य खडा हुन्छ । यस्तो सिनेमामा निर्देशकले कट्रिनालाई पत्याए पनि दर्शकले पत्याएनन् ।

रणवीर कपूरले सिनेमामा एक पटक फेरी राम्रो अभिनय देखाएका छन् । तर, रणवीरको खस्किदो क्रेजलाई यो सिनेमामा निभाएको भूमिकाले माथि धकेल्न सकेको छैन । सिनेमाको लगानी भार एकदमै धेरै छ । जुन सिनेमाको सुरुवाती व्यापारले उठाउन सक्ने छैन । ५ दिनमा ४० करोडको व्यापार गरेको सिनेमालाई लगानी उठाउँनलाई यो किसिमको ओपनिङ प्रयाप्त छैन ।

१ अर्व १० करोडको बजेटमा निर्माण भएको सिनेमालाई माउथ पब्लिसिटी नमिल्नु सिनेमा असफल हुनुको अर्को प्रमुख कारण रह्यो । साढे ८ करोडको ओपनिङ गरेको सिनेमा पाँचौ दिनसम्म आईपुग्दा ६० प्रतिशत बढी व्यापार खस्किएको छ । सिनेमाले पहिलो साता ४५ करोडसम्म व्यापार गर्ने आँकलन छ । यो किसिमको व्यापारले सिनेमाले ७०-८० करोड कमाउँन पनि धौ धौ पर्ने देखिएको छ ।