बलिउड फिल्म ‘भुतनाथ’ निर्देशकले ‘छक्का पन्जा’ हेरेपछि यस्तो लेखे…

बलिउड फिल्म ‘भुतनाथ’ निर्देशकले ‘छक्का पन्जा’ हेरेपछि यस्तो लेखे…

द सिनेमा टाइम्स
0
Shares

फिल्म छक्का पन्जाले प्रर्दशनको ९८ दिन आज पुरा गरेको छ । बक्स अफिसमा झन्डै १६ करोडको बिजनेस गरिसकको फिल्मले अहिले सम्म पनि दर्शक साथ राम्रै पाईरहेको छ । दर्शक तथा समिक्षकबाट फिल्मले राम्रो रिभ्यु समेत पाएको थियो ।

यसै बिच बलिउड फिल्म ‘भूतनाथ’ निर्देशक विवेक शर्माले (उनि अहिले नेपालमा छन्) पनि फिल्म छक्का पन्जा हेरेका छन् । फिल्म हेरेर फिल्मका अभिनेता दिपकराज गिरी,  निर्माता निर्देशक रोज राणा र एक्सन निर्देशक चन्द्र पन्तसंगको विफी फेसबुकमा हाल्दै उनले फिल्मको प्रशंसा गर्दै स्ट्याटस लेखेका छन् ।

विवेकले लेखेका छन्,”फिल्म छक्का पन्जा हेरियो निकै मज्जा लग्यो, फिल्मका निर्माता तथा अभिनेता दिपकराज गिरी निकै राम्रो व्यक्ति हुन् । एकदम राम्रो फिल्म र फिल्मका हरेक दृश्यहरु र कलाकारहरु । अनि रोज राणा भाईलाई धन्यवाद, जसले नेपाली फिल्म क्षेत्रका धेरै राम्रा मान्छेहरु संग मलाई भेटाई रहेका छन”।

vivek sharma

त्यस्तै दिपकले समेत विवेकले फिल्म हेरेर राम्रो बताएकोमा खुशी लागेको भन्दै स्ट्याटस लेखेका छन् । दिपक लेख्छन,”हिजो हिन्दी फिल्म “भूतनाथ” (अमिताभ बच्चन अभिनीत )का डाइरेक्टर ले “छक्का पन्जा” हेरे । नेपाली फिल्मको स्तर देखेर छक्क पर्दै क्यामारा म्यान, कलाकार , निर्देशक र ब्याकग्राउन्ड म्यूज़िकको खुलेर तारिफ गरे । हामिले पनि नेपालमा स्रोत र साधनको मात्र कमी भएको तर ट्यालेन्टको कमि नभएको बतायौं ।

विवेक यति खेर नेपाली फिल्म निर्देशनमा जुटीरहेका छन् । उनले नेपाली र हिन्दी सहित केहि भाषामा डब गर्नेगरी फिल्म ‘मेरो पैसा खोई’ निर्देशन गर्दैछन् । उनले यो फिल्मलाई निर्माता रोज राणा संगको सहकार्यमा निर्माण गर्दैछन्, फिल्मका लागी हाल कलाकारहरुको अडिसन लिने काम भई रहेको छ ।