इटालीमा विहे गर्दै विराट र अनुष्का !

इटालीमा विहे गर्दै विराट र अनुष्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले लामो समयको प्रेमलाई वैवाहिक जीवनमा रुपान्तरण गर्दैछन् । भारतका यी चर्चित सेलेब्रेटीको विवाहलाई लिएर अहिले देश देखि विदेशका फ्यानहरु उत्साहित छन् ।

पछिल्लो खबर अनुसार आज डिसेम्बर ९ तारिख देखि यी दुईको विवाह उत्सव सुरु भैसकेको छ । तिन दिनसम्म चल्ने वैवाहिक उत्सव इटालीको फ्लोरेन्स र मिलनमा हुनेछ । भारतीय मिडियाका अनुसार विराटले आफ्ना बाल्यकालका साथि, नजिकका आफन्तजन र समकालीन साथिहरुलाई विवाहमा निम्तो गरेका छन् ।

अनुष्का भने आफ्नो परिवार सहित पण्डित लिएर इटाली पुगेकी छन् ।