विहेमा शाहरुख र आमिरलाई बोलाइन, सलमानलाई छैन निम्ता !

विहेमा शाहरुख र आमिरलाई बोलाइन, सलमानलाई छैन निम्ता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा डिसेम्बर १२ तारिखमा वैवाहिक जीवनमा बाँधिदैछन् । अहिले अनुष्का र विराट आ-आफ्नो परिवार इटालीको मिलनमा पुगीसकेका छन् ।

निकै चासोका साथ हेरिएको यो विवाहमा यी दुईले नजिकका साथि, बाल्यकालका साथि र समकालीन साथिलाई मात्र निम्तो गरेको बलिउड मिडियाहरुले लेख्दै आईरहेका छन् । दैनिक भास्कर स्रोतलाई उद्रित गर्दै भन्छ ‘अनुष्काले आफ्नो तर्फबाट शाहरुख खान र आमिर खानलाई विहेमा निम्तो गरेकी छन् । तर, सलमानलाई गरेकी छैनन् ।’

अनुष्काले यी तिनै खान अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छन् । त्यस्तै अनुष्काले रणवीर कपूर, कट्रिना कैफ, करण जोहर, आदित्य चोपडा र निर्देशक मुनिष शर्मालाई पनि निम्तो गरेकी छन् ।

त्यस्तै विराटले क्रिकेट जगतका सचिन तेन्दुलकर, युवराज सिंह, कोच राजकुमार शर्मा र बाल्यकालका साथिहरुलाई निम्ता गरेका छन् । धोनी लगायतका अन्य खेलाडी भने श्रीलंकासँगको ३ एकदिवसीय र ३ टिट्वान्टी सिरिजमा व्यस्त छन् । श्रीलंका विरुद्दको टेस्ट सिरिज जिताएका विराट टिमबाट बाहिरिन वितिकै भारतले पहिलो एकदिवसीयमा आफ्नै मैदानमा लज्जास्पद हार बेहोरेको छ । अहिले टिमको कप्तानी रोहित शर्माले सम्हालेका छन् ।