युट्युबमा ‘भाईरल भैदियो’ !

युट्युबमा ‘भाईरल भैदियो’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संगीतकार, गायक मानस राजको ‘भाईरल भैदियो…’ गीत रिलिज भएको छ । टाइटल जस्तै गीत पनि अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

विहिबार रिलिज भएको गीत डेढ लाख बढी भ्युजका साथ अहिले युट्युब ट्रेन्डीङको दोस्रो स्थानमा आईपुगेको छ । गीतको कोरियोग्राफी कन्सेप्ट र ८ वर्षीय दिक्षा ठकुरीको नृत्यलाई लिएर अहिले चर्चा सुरु भैसकेको छ ।

गीतमा दिक्षाका अलावा सविन कार्की, मेरी खत्री, सर्विना गुरुङ, सुभम भुजेल, शंकर ढुंगाना र छिरिङ थिंग फिचरिङ छन् । सविन कार्कीको कोरियोग्राफी रहेको गीतमा संजय कार्कीको छायाँकन र सविनकै सम्पादन छ ।