हलिउड अभिनेत विन डीजेलसँग नयाँ सिनेमामा काम गर्दै दीपिका !

हलिउड अभिनेत विन डीजेलसँग नयाँ सिनेमामा काम गर्दै दीपिका !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड नायिका दीपिका पादुकोण गतवर्ष हलिउड अभिनेता विन डीजेलको सिनेमा ‘एक्स एक्स एक्स द रिर्टन्स अफ जेन्डर क्रेज’को सिरिजमा देखिएकी थिइन् । उनै दीपिका एक पटक पुन हलिउड सिनेमामा देखिने भएकी छिन् । दीपिका जेन्डर क्रेजको चौथो सिरिजमा समेत देखिने पक्का भएको छ ।

गतवर्ष रिलिज भएको यो सिनेमाले बक्सअफिसमा खासै कमाल गर्न नसके पनि दीपिकाको कामलाई दर्शकले मन पराएका थिए । निर्देशक डीजे कारुसोका अनुसार सिनेमा चौथो सिरिजमा चिनका पपुलर अभिनेता वांग युआनको समेत इन्ट्री भएको छ । उनका साथै दीपीकाको पनि महत्वपुर्ण भुमिका रहने बताए ।

‘एक्स एक्स एक्स द रिर्टन्स अफ जेन्डर क्रेज’पछि दीपिकाले बलिउड सिनेमा पद्यावतमा काम गरेकी थिइन् । संजय लिला भंसालीको यस सिनेमाले बक्सअफिसमा धमाका मच्चाएको थियो । पद्यावतमा दीपिकाले रणबिर सिंह र शाहिद कपुरसँग स्किृन सेयर गरेकी थिइन् ।