‘भिलने’को अफिसियल पोस्टर रिलिज गर्दै प्रदर्शन मिती घोषणा !

‘भिलने’को अफिसियल पोस्टर रिलिज गर्दै प्रदर्शन मिती घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता निखिल उप्रेती अभिनीत नयाँ सिनेमा ‘भिलेन’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको पोस्टर रिलिजसँगै प्रदर्शन मिती पनि तय गरिएको छ । ‘भिलेन’ अब पौष २७ गतेबाट अल नेपाल रिलिज हुनेछ । सिनेमाको सार्वजनिक दुई पोस्टरमा मुख्य अभिनेता निखिल उप्रेतीलाई मात्रै समावेश गरिएको छ ।द ग्लोबल पिक्चर्स प्रा लीको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता कपिल खत्री हुन् । बल बहादुर श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसीको लगानी रहेको छ, भने सिनेमामा राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । सिनेमामा निखिल उप्रेतीका अलवा सिनेमामा शिल्पा पोख्रेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘भिलेन’लाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

सिनेमामा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबुल गिरि,लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।