‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई’ रिलिज (भिडियो)

‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गतेबाट रिलिज हुने सिनेमा ‘भिलेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘च्यानाकुटी झ्याई….’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार शिल्पा पोखरेल, कपिल खत्री लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा लाल कुमार बरालको संगीत, एकनारायण भण्डारीको शब्द रहेको गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । सार्वजनिक गीतमा दिपेन्द्र तिमिल्सैना र दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । सिनेमामा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।

निखिल र शिल्पाका अलावा सिनेमामा निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । सिनेमामा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबुल गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व रहेको छ ।