चार अभिनेत्रीको ‘वीरे दि वेडीङ’ ट्रेलर रिलिज

चार अभिनेत्रीको ‘वीरे दि वेडीङ’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चामा रहेको बलिउड सिनेमा ‘वीरे दि वेडीङ’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेत्रीद्वय करीना कपूर खान, सोनम कपूर, स्वरा भास्कर, शिखा तलसानियालाई विल्कुलै नयाँ अन्दाजमा देख्न सकिन्छ ।

शशांक घोष निर्देशित सिनेमामा चार शहरिया युवतीको कथा प्रस्तुत गरिएको छ । चारै जनाको फरक-फरक कथा छन् । एक केन्द्रमा यी चार पात्रको भेट हुन्छ । र यी चारकै वरिपरी सिनेमा घुमेको छ ।

एकता कपूरले निर्माण गरेको सिनेमाको ट्रेलर हेरेपश्चात निर्देशक करण जोहरले तारिफ गरेका छन् । ट्रेलर फुलडोज मनोरंजनको प्याकेज रहेको उनको प्रतिक्रिया थियो ।