झमेलामा फस्यो सन्नीको ‘वीरमादेवी’, बैंग्लोरुमा जलाइयो पोस्टर

झमेलामा फस्यो सन्नीको ‘वीरमादेवी’, बैंग्लोरुमा जलाइयो पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीको डेव्यु तेलेगु सिनेमा हो ‘वीरमादेवी’ । तर उनलाई यो सिनेमाले निकै झमेलामा पारी दिएको छ । सिनेमाको सम्पुर्ण हुनु पूर्व नै उक्त सिनेमामा सन्नीलाई कास्ट गरिएकोमा विरोध सुरु भएको छ । प्रो-कन्नड ग्रुप कर्नाटक रक्षणा वेदिकेले सन्नीलाई सिनेमामा साई गराउनु गलत भएको भन्दै विरोध सुरु गरेको हो ।

उक्त ग्रुपका अनुसार वीरमादेवीको रोलमा सन्नीलाई लिनु गलत रहेको बताएको छ । ‘वीरमादेवी’ कर्नाटककी राजकुमारी हुन उनको यहाँ अलग्गै महत्व रहेको छ । यो संगठनले सिनेमा निर्माण युनिटलाई चेतावनी दिँदै भनेको छ, हामी राजकुमारीको भुमिकामा कुनै पोर्न सिनेमाकी हिरोइनलाई काम गर्न दिने छैनौं । उक्त संगठनले उनको विरोधमा कर्नाटको बैंग्लोरुमा एक भव्य र्याली निकाल्नुका साथै सिनेमाको पोस्टर समेत जलाएको छ ।

उक्त सिनेमाबाट सन्नीलाई नहटाए सिनेमा प्रदर्शनमा समेत रोक लगाउने चेतावनी निर्माण युनिटलाई दिएको छ । जसले गर्दा आधा भन्दा बढि छायांकन गरिसकेको सिनेमाको निर्माण टिम तनावमा परेको छ । यहि संगठनले गतवर्ष बैंग्लोरुमा आयोजना हुने सन्नी लियोनीको ‘न्यु ईयर इभेन्ट’ समेट क्यान्सिल गराएको थियो ।