‘रणभुमि’का लागी तेस्रो पटक सुशान्त र बरुण बिच टिमअप !

‘रणभुमि’का लागी तेस्रो पटक सुशान्त र बरुण बिच टिमअप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता बरुण धवन र सुशान्त खेतान बीच तेस्रो पटक टिमअप हुने भएको छ । सुशान्त र बरुणले यसअघि ‘हम्पटी शर्मा की दुल्हनिया’ र ‘बद्रीनाथ की दुल्हनिया’मा एकसाथ काम गरि सकेका छन् । भने अब यो जोडीले बिग बजेट थ्रिलर सिनेमा ‘रणभुमि’मा एकसाथ काम गर्ने भएका छन् । निर्देशक सुशान्त अहिले यो सिनेमाको स्कृप्टलाई अन्तिम रुप दिन लागी परेका छन् ।

निर्देशक सुशान्त र निर्माता करण जोहर यो सिनेमामा केहि नयाँ काम गर्न चाहान्थे, जसले गर्दा ‘रणभुमि’को काम केहि समय ढिला हुन गएको निर्माण टिमको भनाई रहेको छ । ‘रणभुमि’ एक्सन, थ्रिलर वेशमा निर्माण हुनेछ । निर्माण टिमका अनुसार यो सिनेमाको कथा अनुसार केहि फरक खाले एक्सन देख्न पाइने छ । जसको लागी निर्माण कम्पनीले एक्सन सिनको लागीका  केहि हलिउड टेक्नीसियन हायर गर्ने तयारी गरि रहेको छ ।

एक्सन थ्रिलर सिनेमा ‘रणभुमि’मा बरुणको अपोजिटमा ‘धडक’ डेव्यु अभिनेत्री जाहन्वी कपुर रहने चर्चा बलिउड मिडियामा रहेको छ । निर्माण टिमका अनुसार यो थ्रिलर सिनेमामा जाहन्वीलाई सुहाउँदो भुमिका छ । तर उनले सिनेमा साइन भने गरि सकेकी छैनन् । यदी जाहन्वीले यो सिनेमामा काम गरेको खण्डमा उनलाई एक्सन अवतारमा देख्न पाइने चर्चा बलिउड मिडियामा चलेको छ ।