‘ब्याचलर बन्टी’ अनमोलको जोडीमा उकुसा फाइनल

‘ब्याचलर बन्टी’ अनमोलको जोडीमा उकुसा फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सुपरस्टार अनमोल केसीले अभिनय गर्ने नयाँ सिनेमा ‘ब्याचलर बन्टी’को लागी मुख्य नायिका फाइनल गरिएको छ । यो सिनेमामा अनमोलसँग डेब्यु नायिका उकुसा गिरीले रोमान्स गर्ने भएकी छिन् । उकुसाले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उकुसाले थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छन् ।सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई सुदिप खड्का नर्माण गर्नेछन् । दशैँ लगत्तै छायांकन सुरु हुने सिनेमाको सम्पुर्ण छायांकन युरोपका विभिन्न देशमा गरिने निर्देशक मिलन चाम्सले बताए ।