यथार्थ कथाको ‘तुईन’ ट्रेलर रिलिज (भिडियो)

यथार्थ कथाको ‘तुईन’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दामाझ दैनिक जिविकोपार्जन कै लागी पनि नदी वारपार गर्न विधमान तुईन प्रयोगको यथार्थ समस्यालाई चित्रित गरेको फिल्म ‘तुईन’ को ट्रेलर रिलिज भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा सम्बन्धित ठाउँका स्थानिय बासिन्दाहरुको पीडाभाव झल्केको छ ।

त्रिशुली नदि आसपास बसोबार गर्नेहरुको सपनाहरुलाई तुईनको डोरीसँग जोडेर तयार पारिएको भनिएको फिल्मले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउँदा एक्लै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा बोल्छ ।

फिल्मलाई उत्सव थपलियाले निर्देशन गरेका छन् । ‘तुईन’मा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन् ।

फिल्मलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् । पछिल्लो समय फिल्मको परिचय नै ग्ल्यामरस हो भन्ने प्रभाव बढ्दै जाँदा सामाजिक विषयवस्तुहरु पछि परेको भन्दै यो प्रकारको वास्तविक कहानीलाई बाहिर ल्याउन आवश्यक देखेकै कारण तुईन बनेको निर्मात्री उप्रेतीको उनको भनाई छ ।

आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ । फिल्मको परिकल्पना अञ्जना वस्नेतको हो । रिलिज मिति तय भईनसकेको फिल्मलाई जेठको अन्त्यमा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम छ ।