यश कुमार र निमा रुम्बाको ‘छिरिङ्ग’ ट्रेलर रिलिज

यश कुमार र निमा रुम्बाको ‘छिरिङ्ग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गायक हुँदै नायक भएका यश कुमार अभिनीत तथा निर्देशित सिनेमा ‘छिरिङ्ग’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक मार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन लभस्टोरी जनरामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्रयाजसो कलाकारलाई समेटिएको छ ।

प्रेम र द्वन्द्वले भरिएको ट्रेलर कलरफुल छ । मेकिङ उच्च देखिन्छ । ‘छिरिङ्ग’ले बहुपति प्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश कुमार र निमा रुम्बाले रोमान्स गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको सिनेमालाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् । यश कुमारको  पहिलो निर्देशित सिनेमा हो ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । सिनेमा आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व सिनेमाको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको सिनेमा खिचिएको हो ।