निमा रुम्बा र यशकुमार स्टारर ‘छिरिङ’ टीजर रिलिज,

निमा रुम्बा र यशकुमार स्टारर ‘छिरिङ’ टीजर रिलिज,

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘छिरिङ’को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार यश कुमार, निमा रुम्बा कामना भुजेललाई बढि फोकस गरिएको छ । बहुपती प्रथामा निर्माण भएको ‘छिरिङ’बाट गायक निमा रुम्बाले ‘कागवेनी’ पश्चात १५ वर्ष पछि नेपाली सिनेमामा कमब्याक गरेका छन् ।

टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई सिनेमाले पेश गरेको छ । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही सिनेमाबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् । दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध सिनेमाको कथावस्तु हो ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।