बहुपति प्रथामाथि निर्मित ‘छिरिङ’को गीत रिलिज

बहुपति प्रथामाथि निर्मित ‘छिरिङ’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘छिरिङ’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार निमा रुम्बा र डेव्यु अभिनेत्री कामना भुजेललाई फिचर्ड गरिएको छ । गीतमा यशकुमारको संगीत , शब्द र स्वर छ, भने उनलाई महिला स्वरमा विन्दु परियारले साथ दिएकी छन् ।

हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिलाका हरियालीमा सिनेमाको गीतलाई छायाँकन गरिएको छ । कागबेनीबाट डेव्यु गरेका गायक निमा रुम्बाले यो सिनेमा रिलिजको एक दशकभन्दा पछि सिनेमामा कमब्याक गरेका छन् ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध सिनेमाको कथावस्तु हो । उपल्लो मुस्ताङमा सेट लगाएर सिनेको छायाँकन गरिएको हो । यसै सिनेमाबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीले मिलेर निर्माण गरेका सिनेमाको कथालाई यशकुमार र यम थापाले मिलेर लेखेका हुन् । सिनेमामा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेकोछ ।