स्पाइडर म्यानलाई बियर किन्न उमेरले रोकेपछि…

स्पाइडर म्यानलाई बियर किन्न उमेरले रोकेपछि…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘स्पाइडर म्यान: होमकमिङ’का अभिनेता टम होल्याण्डलाई बियर किन्न ‘थोर’ अभिनेता क्रिस हेम्सवर्थको सहयोग लिनु परेको थियो । जति बेला यी दुवै अभिनेता सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’को छायाँकनमा थिए ।

डेलीस्टार डट कम डट युकेका अनुसार हेम्सवर्थले बताए, ‘त्यो लामो दिन थियो | हामि एभेन्जर्सको छायाँकन पछी बियर पिउन जान्थ्यौ ।’ उनले भने ‘जब टम होल्याण्ड क्लिन सेभ गर्छन्, उनि १२ बर्षका देखिन्छन । त्यसैले बार टेण्डरलाई उनि बियर किन्नको लागि उमेर नपुगेको जस्तो लाग्यो । त्यसपछि उनको बियर मैले किनिदिनु पर्यो ।’

‘भलै टम एभेन्जर बनेर दुनियाँलाई बचाउन सक्छन, तर बियर किन्नलाई उनको उमेर पुग्दैन र अरुको सहायोग लिनु पर्छ’ हेम्सवर्थले थपे ।

स्मरण रहोस् मार्भल स्टुडियोको सबै भन्दा ठुलो सुपरहिरोको सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’ २७ अप्रिलमा रिलिज हुदैछ । सिनेमाको निर्देशन एन्थोनी रुसो र जोय रुसोले गरेका हुन् । यस पटक एभेन्जर्सको पछिल्लो भाग ‘एभेन्जर्स: एज अफ अल्ट्रोन’ भन्दा काफि गुणा रमाइलो र मन छुने दृश्य देख्न पाइने बताएइको छ । सिनेमामा होल्याण्ड र हेम्सवर्थका अलावा रोबर्ट डोनी जुनियर, स्कारलेट जोनसन, क्रिस इभान्स, रुफ्फलो, क्रिस प्रेट लगायतका कलाकारको अभिनय हेर्न सकिने छ ।