रेकर्ड राख्दै चिनमा ‘ट्वाइलेट हिरो’

रेकर्ड राख्दै चिनमा ‘ट्वाइलेट हिरो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अक्षय कुमार स्टारर सिनेमा ‘ट्वाइलेट एक प्रेम कथा’ विश्वकै दोस्रो ठुलो सिनेमा बजार चिनमा रिलिज भएको छ । सोसियल इस्यु उठाएका बलिउड सिनेमाले चिनमा एक पछि अर्को रेकर्ड राख्न थालेपछि ‘ट्वाइलेट एक प्रेम कथा’ले रिलिजको पालो पाएको हो ।

अक्षयको यो चिनमा रिलिज हुने पहिलो सिनेमा हो । यसअघि चिनमा आमिर खान, सलमान खान, इरफान खानका सिनेमा रिलिज भैसकेका छन् ।

चिन रिलिजको लागि सिनेमाको शिर्षक परिवर्तन गर्दै ‘ट्वाइलेट हिरो’ राखिएको छ । यसले चिनमा ११ हजार ५०० पर्दा पाएको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शको एक्सक्लुसिभ ट्वीट अनुसार सिनेमा प्रत्येक दिन ५६ हजारदेखि ५८ हजारसम्म शोजमा प्रदर्शन हुनेछ । बलिउड सिनेमाले चिनमा पाएको यो नै सर्वाधिक पर्दा र शोज हो । यो सिनेमा भारतमा ३२ सय पर्दामा रिलिज भएको थियो ।

 

२४ करोड बजेटमा निर्मित सिनेमाले भारतीय बजारमा मात्र १ सय ३३ करोड माथिको व्यापार गरेको थियो । पछिल्लो चिन रिलिज ‘बाहुबली २’ले फितलो प्रदर्शन गरेकाले ‘ट्वाइलेट एक प्रेम कथा’लाई लिएर बलिउड आशावादी छ ।

श्रीनारायण सिंह निर्देशित सिनेमामा अक्षयका अलावा भुमि पेंडेकरको मुख्य भूमिका छ ।