अक्षयको ‘ट्वाइलेट’ले कमायो २ सय करोड !

अक्षयको ‘ट्वाइलेट’ले कमायो २ सय करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अक्षय कुमार स्टारर सिनेमा ‘ट्वाइलेट-एक प्रेम कथा’ले विश्वव्यापी २ सय करोड माथिको कलेक्सन गरेको छ । भारतसँगै विदेशी भूमिमा पनि रिलिज भएको सिनेमाले तेस्रो सातासम्म विश्वव्यापी २ सय १ दशमलव ४४ करोड भारु कलेक्ट गरेको छ ।

सिनेमाले भारतीय बक्सअफिसमा १ सय ३० करोड नेट अर्थात् १ सय ७२ करोड ग्रस कमाएको छ । भारत भन्दा वाहिर ‘ट्वाइलेट-एक प्रेम कथा’ले २९.४४ करोड ग्रस कलेक्सन गर्यो । यो सँगै अक्षयका विश्वव्यापी २ सय करोड कमाउँने सिनेमा ४ पुगेका छन् ।

यसअघि ‘ईयरलिफ्ट’, ‘रुस्तम’ र ‘जोली एलएलबी २’ले २ सय करोड बढी कलेक्सन गरेका थिए । विश्वव्यापी अक्षयको सर्वाधिक कमाई गर्ने सिनेमा ‘ईयरलिफ्ट’ हो । यो सिनेमाले २ सय ३१ करोड ६० लाख भारु कलेक्सन गरेको छ ।