पाँच वर्षमा तोडे अक्षयले रेकर्ड !

पाँच वर्षमा तोडे अक्षयले रेकर्ड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता अक्षय  कुमार अभिनित ‘राउडी राठोर’ सन् २०१२ मा प्रदर्शन भयो । उतिबेला बक्सअफिसमा १ सय ३१ करोड कमाएर अक्षयको सर्वाधिक कमाउने सिनेमा बन्यो ।

५ वर्षसम्म अन्य अभिनेताका सिनेमाले क्रमस… १ सय, २ सय, ३ सय करोड भन्दा धेरै कमाउँदै गए । तर, अक्षयका पाँच वर्ष विचमा रिलिज भएको कुनै पनि सिनेमाले १ सय ३१ करोडको मार्क पार गर्न सकेनन् ।

अन्तत: ‘राउडी राठोर’को रेकर्ड तोड्ने काम ‘ट्वाइलेट-एक प्रेम कथा’ले गर्यो । यो सिनेमालाई अघिल्लो सिनेमाको रेकर्ड तोड्न झन्डै एक महिना लाग्यो । भारतका केहि मल्टीप्लेक्समा दोस्रो महिनाको यात्रा तय गरेको ‘ट्वाइलेट-एक प्रेम कथा’ले यो मितिसम्म आईपुग्दा १ सय ३३ दशमलव ६० करोडको व्यापारिक आँकडा छोएको छ ।

अब अक्षय कुमारको सर्वाधिक कमाउने सिनेमा ‘ट्वाइलेट-एक प्रेम कथा’ बनेको छ । क्रिटिक्सबाट राम्रो प्रतिक्रिया पाएको यो सिनेमा जम्मा २४ करोडको बजेटमा निर्माण भएको हो । साथै २०१७ मा बलिउडको सर्वाधिक नाफा कमाउने सिनेमा पनि यहिँ हो ।