साम्राज्ञीको‘’तिमी सँग’’इन्डक्ल्याप

साम्राज्ञीको‘’तिमी सँग’’इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

 डेब्यू फिल्म ‘ड्रिम्स’ले चर्चामा ल्यायो अनि दोस्रो फिल्म ‘ए मेरो हजुर २’ बाट सर्वाधिक लोकप्रिय नायिका बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले  यतिबेला तेस्रो फिल्म ‘तिमी सँग’को  सम्पूर्ण छायांकन सकाएकी छिन् । फिल्मको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै ‘तिमी सँग’को छायाँकन सकिएको हो ।
फिल्ममा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारहरुमो मुख्य भुमिका छ ।  प्रेमकथात्मक फिल्मको टाइटल सङको छायांकन बेस क्याम्पमा गरिएको हो । टुरिष्ट गाइडको प्रेमकथा बाल्ने फिल्मप्रति साम्राज्ञी निकै आशाबादी छिन । निर्देशक शिशिर राणाले नेपाली फिल्ममा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुस गरेका ।