नाजिरसँग साम्राज्ञीको कशिलो ठुमका

नाजिरसँग साम्राज्ञीको कशिलो ठुमका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘तिमि सँग’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘दिलमा आगो सल्कियो…’ बोलको गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाहसँग नाजिर हुसेनले कम्मर मर्काएका छन् । रिदम कँडेल र दीपक पाठकद्वारा संगीतवद्द गीतमा दीपक पाठकको स्वर र कविराज गहतराजको कोरियोग्राफी छ ।

साम्राज्ञी र नाजिरसँगै आकाश श्रेष्ठ अभिनित सिनेमालाई शिशिर राणाले निर्देशन गरेका हुन् । बुधबार सम्पन्न प्रिमियरबाट सिनेमाले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । त्यस्तै प्रदर्शनको पहिलो र दोस्रो दिन सिनेमाले दर्शकको राम्रो साथ पाएको छ ।

शुक्रबार सन्तोषजनक व्यापार गरेको सिनेमाले शनिबार लगभग सबै जसो हलमा हाउसफुलको व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।

सिनेमाको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।