टाइगर जिन्दा हे: २० दिने कमाई, बन्ला त बलिउडकै ठुलो ?

टाइगर जिन्दा हे: २० दिने कमाई, बन्ला त बलिउडकै ठुलो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर २२ मा रिलिज भएको बलिउड सिनेमा ‘टाइगर जिन्दा हे’ भोलीबाट चौथों सातामा प्रदर्शन हुदैछ ।

सुरुवाती आक्रमक व्यापार गरेको सिनेमाको कलेक्सन तेस्रो साताको अन्त्यसम्म पनि ठिकठाक चलिरहेको छ । भारतमा मात्र सिनेमाले २० दिने कलेक्सन ३ सय १६ करोड ७४ लाख पुर्याएको छ । योसँगै ‘टाइगर जिन्दा हे’ सलमानको करियरकै सर्वाधिक कमाउनेको दोस्रो स्थानमा उक्लिएको छ ।

यसले ‘सुल्तान’को ३ सय करोड कमाईलाई पछाडी पार्दै ‘बजरंगी भाईजान’को नजिक पुगेको छ । सलमानको सर्वाधिक कमाउने ‘बजरंगी भाईजान’को कलेक्सन ३ सय २० करोड छ । ४ करोड मात्र पछाडी रहेको ‘टाइगर जिन्दा हे’ छिट्टैनै सलमानको सर्वाधिक कमाई गर्ने सिनेमा बन्नेछ । सिनेमाले विश्वव्यापी ५ सय २५ करोड माथीको व्यापार गरिसकेको छ ।

तिन ‘ट्रिपल सेन्चुरी’: ‘टाइगर जिन्दा हे’को कमाईसँगै सलमान खान ३ सय करोडका बादशाह बनेका छन् । यसअघि सलमानका ‘बजरंगी भाईजान’ र ‘सुल्तान’ यो क्लबमा समावेश भैसकेका छन् । ३ सय करोड क्लबका आमिर खानका ‘दंगल’ र ‘पिके’ छन् । ३ सय ८७ करोड कमाएको ‘दंगल’नै बलिउडको सर्वाधिक कमाउने सिनेमा हो । यो क्लबमा यी दुई बाहेक अन्य बलिउड अभिनेताका सिनेमाले प्रवेश गरेका छैनन् ।

‘पिके’लाई उछिन्न अरु २४ करोड: ‘टाइगर जिन्दा हे’ले ‘पिके’को रेकर्ड तोडेर बलिउडकै दोस्रो ठुलो सिनेमा बन्न अरु २४ करोडको व्यापार गर्नु पर्नेछ । यदि सिनेमाले चौथों सातामा १५ देखि १७ करोड कलेक्सन गर्न सके ‘पिके’लाई उछिन्ने संकेत देखा पर्नेछ । उसो त सलमानको यो सिनेमाले ‘दंगल’ रेकर्ड नतोड्ने निश्चित भैसकेको छ ।

यो साता बलिउडमा खासै ठुला सिनेमा नहुँदा ‘टाइगर जिन्दा हे’लाई अझ फाईदा पुग्नेछ । यो साता सैफअलि खानको ‘कालाकाण्डी’ र ज़रिन खानको ‘१९२१’, अर्को साता सलमानकै भाई अरबाज खान अभिनित ‘निर्दोष’ प्रदर्शन हुदैछ । जनवरी २५ मा भने अक्षय कुमारको ‘प्याडम्यान’ र संजयलीला भन्साली निर्देशित ‘पद्मावत’ रिलिज हुनेछन् ।