सलमान, कट्रिना स्टारर ‘टाइगर जिन्दा हे’ ट्रेलर !

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित सिनेमा ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ ।

२०१२ मा रिलिज भएको ‘एक था टाइगर’को यो सिक्वेललाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । सलमान खान र कट्रिना कैफ स्टारर सिनेमाले प्रिक्वेलको कथालाई आत्मसात गरेको छ । जहाँ सलमान ‘टाइगर’ र कट्रिना ‘जोया’को भूमिकामा छन् ।

२२ डिसेम्बरमा रिलिज हुने यस एक्सन थ्रिलमा विशाल र शेखरको संगीत छ । यसको प्रिक्वेलले भारतीय बक्सअफिसमा १ सय ९८ करोड नेट व्यापार गरेको थियो । त्यसैले पनि यो सिनेमा माथि बलिउडको ठुलो आस छ । सलमानको यो भन्दा अगाडी रिलिज भएको ‘ट्युबलाईट’ फ्लप सावित भएको थियो ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *