टाइगर जिन्दा हे: पहिलो दिनको कमाई यति !

टाइगर जिन्दा हे: पहिलो दिनको कमाई यति !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २०१२ को ब्लकबस्टर सिनेमा ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा हे’ शुक्रबारबाट भारत लगायत विश्वका ५७ सय बढी हलबाट प्रदर्शनमा आइसकेको छ ।

सलमान खान र कट्रिना कैफ स्टारर सिनेमा पहिले देखि बक्सअफिसमा प्रतिक्षित थियो । बक्सअफिसमा धमाल मच्चाउने आँकलन गरिएको सिनेमाले पहिलो दिन कतिको व्यापार गर्यो भन्ने सबैलाई चासो छ । त्यसैले बलिउड मिडिया कोइमोईले सिनेमाको सुरुवाती अनुमान निकालेको छ । बिभिन्न ट्रेड एनालिस्टबाट निकालिएको अनुमानमा १-२ करोडको तलमाथी हुन् सक्छ ।

यसको पहिलो दिनको घरेलु कमाई ३५ देखि ३७ करोडसम्म निकालिएको छ । अब अन्तिम नम्बर यहिँ रेन्जको बीचमा आउनेछ । यो पहिलो दिनको कमाईले रेकर्ड तोड्न नसकेपनि यसलाई राम्रो अंक मानिएको छ ।

१ सय ५० करोडको बजेटमा निर्मित सिनेमाले समिक्षकबाट पनि तारिफ बटुलिरहेको छ । अलि अब्बास जफर निर्देशित सिनेमाले लाइफटाइम ३ सय करोडको आँकडा छुन सक्ने अनुमान गरिएको छ । यसको प्रिक्वेलले करिब २ सय करोड कमाएको थियो ।