द सिनेमा टाइम्स, काठमाडौँ | बलिउड अभिनेता टाइगर स्रोफलाई एक निर्देशकले ‘हिजडा’ भनि गालि गरेका छन् । रक्सिको नशामा रहेका बलिउडका चर्चित निर्देशक ‘रामगोपाल वर्मा’ले अभिनेता विद्युत जम्मवालसंग फोनमा कुरा गर्दै टाइगरलाई अपशब्द प्रयोग गरेका हुन् ।
रक्सिको नशामा मातिएका वर्माले विद्दुतसंग फोनमा कुरा गर्दै ‘टाइगर जस्तो आइमाई मैले अहिलेसम्म देखेको छैन । उ हिजडा हो ।’ भनेर विद्दुतको अगाडी टाइगरको बेइजत गर्न भ्याए । साथै टाइगरको भन्दा राम्रो फाइट विद्दुतले गर्ने बताए ।
जुन कुराको अडियो क्लिप विद्दुतले सामाजिक संजाल ट्वीटरबाट सार्वजनिक गरिदिए । त्यसपछि बलिउडमा वर्मालाई लिएर नकारात्मक चर्चा सुरु भएको छ । अहिले वर्माले ट्वीटरबाट माफि मागीसकेका छन् । वर्मा निर्देशित ‘सरकार ३’ प्रदर्शनको तयारीमा रहेको छ ।
Forget the Shaolin Monk style, check out @RGVZoomin's #drunkenmasterstylehttps://t.co/Hm1MDVnqXh
— Vidyut Jammwal (@VidyutJammwal) April 11, 2017
प्रतिक्रिया