कसले भन्यो टाइगरलाई हिजडा ?

द सिनेमा टाइम्स, काठमाडौँ | बलिउड अभिनेता टाइगर स्रोफलाई एक निर्देशकले ‘हिजडा’ भनि गालि गरेका छन् । रक्सिको नशामा रहेका बलिउडका चर्चित निर्देशक ‘रामगोपाल वर्मा’ले अभिनेता विद्युत जम्मवालसंग फोनमा कुरा गर्दै टाइगरलाई अपशब्द प्रयोग गरेका हुन् ।

रक्सिको नशामा मातिएका वर्माले विद्दुतसंग फोनमा कुरा गर्दै ‘टाइगर जस्तो आइमाई मैले अहिलेसम्म देखेको छैन । उ हिजडा हो ।’ भनेर विद्दुतको अगाडी टाइगरको बेइजत गर्न भ्याए । साथै टाइगरको भन्दा राम्रो फाइट विद्दुतले गर्ने बताए ।

जुन कुराको अडियो क्लिप विद्दुतले सामाजिक संजाल ट्वीटरबाट सार्वजनिक गरिदिए । त्यसपछि बलिउडमा वर्मालाई लिएर नकारात्मक चर्चा सुरु भएको छ । अहिले वर्माले ट्वीटरबाट माफि मागीसकेका छन् । वर्मा निर्देशित ‘सरकार ३’ प्रदर्शनको तयारीमा रहेको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *