‘ठग्स अफ हिन्दूस्तान’को फस्टलुकमा यस्तो देखिए अमिताभ र फतिमा

‘ठग्स अफ हिन्दूस्तान’को फस्टलुकमा यस्तो देखिए अमिताभ र फतिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडमा वर्ष २०१८ को सर्वाधिक चर्चा तथा दर्शकको प्रतिक्षामा रहेको सिनेमा हो ‘ठग्स अफ हिन्दुस्तान’ । ८ नोभेम्बरमा रिलिज हुने सिनेमाको सार्वजनिक लोगो र मुख्य दुई पात्र अमिताभ बच्चन, फतिमा सना शेखको लुक्सले सिनेमालाई चर्चाको शिखरमा पुर्याएको छ ।

सिनेमाको सार्वजनिक मोसन पोस्टरमा अमिताभ बच्चन एक ठुलो समुन्द्री जहाजमा हातमा तलवार लिएर बसेका छन् । ‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खान र अमिताभ बच्चनकासँगै क्याटरिना कैफ र फातिमा सना शेख पनि देखिँदै छन् । फातिमा यो सिनेमामा जाफिराको भुमिका निभाउँदै छिन् । फातिमाको लुक यो पोस्टरमा निकै आर्कषक देखिएको छ । यस पोस्टरमा फातिमालाई एक योद्धाको रुपमा प्रस्तुत गरिएको छ । यो सिनेमामा अमिताभ बच्चन र आमिर खान पहिलो पटक स्क्रिन सेयर गर्दै छन।

विजय कृष्ण आचार्यले निर्देशन गरेको सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’ ८ नोभेम्बरमा रिलिज हुँदैछ । सिनेमाका लागि सबै स्टार कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो । यस सिनेमाका लागि आमिर खानले दुई महिना र अमिताभ बच्चनले दुई हप्ता ट्रेनिङमा बिताएका थिए ।

यशराज ब्यानरमा बनेको सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । बताइए अनुसार सिनेमाका लागि १८ औं शताब्दीको भारतको पनि सेट बनाइएको छ । सिनेमामा जोडिएका विभिन्न व्यक्तिहरुले यो कुराको पुष्टि गरेका छन् ।

सिनेमामा एक्सनका लागि सबैभन्दा बढी खर्च गरिएको थियो । ‘ठग्स अफ हिन्दुस्तान’को इटलीको माल्टा, थाइल्यान्डको बैंकक र भारतका जोधपुर र गोवाको विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।