‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर रिलिज

‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – यशराज फिल्मसको व्यानर निर्माण भएको बहुप्रतिक्षित सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजानिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकार अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ र फतिमा सना शेखलाई विषेश स्थान दिइएको छ । देशलाई आजाद बनाउन चाहने अमिताभ, क्याटरिना, फतिमा र ठग्स आमिर बिचको द्धन्द्वको वरिपरि सिनेमाको कथा घुमेको छ ।

आदित्य चोपडाले निर्माण गरेको सिनेमालाई ‘धुम ३’ फेम्ड निर्देशक बिजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । बताइए अनुसार सिनेमाका लागि १८ औं शताब्दीको भारतको पनि सेट बनाइएको छ । सिनेमामा जोडिएका विभिन्न व्यक्तिहरुले यो कुराको पुष्टि गरेका छन् ।

सिनेमामा एक्सनका लागि सबैभन्दा बढी खर्च गरिएको थियो । ‘ठग्स अफ हिन्दुस्तान’को इटलीको माल्टा, थाइल्यान्डको बैंकक र भारतका जोधपुर र गोवाको विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।