केकीको दहिलाई १० लाख !

केकीको दहिलाई १० लाख !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फाल्गुन २५ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘हुर्रे’को गीत ‘ठेकीमा दहि’ले छोटो समयमै  दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । डिसेम्बर १ मा युट्युब रिलिज गरिएको यो गीतले तिन सातामै एक मिलीयन भ्युज प्राप्त गरेको हो ।

गीतलाई तिन हजार भन्दा बढि लाईक मिल्दा अधिकांश दर्शकले गजबको कमेन्ट गरेका छन । कमेडी शैलीमा निर्माण भएको डान्सिङ नम्बरलाई आफुले सोचेअनुरुपनै प्रतिक्रिया मिलेको निर्माण पक्षको भनाई छ । गीतमा अभिनेत्री केकी अधिकारीले आफु भन्दा तिन दशक पाका कलाकार राजाराम पौडेलसँग कम्मर र्मकाएकी छन् । गीतमा अभिनेता अंकित खड्का समेत फिचर्ड छन् ।

राजनराज सिवाकोटीको शब्द/संगीत रहेको गीतमा मिलन अमात्यको र स्वयम् संगीतकारको स्वर छ । भने, यो गीतलाई विक्रम स्वारले निर्देशन गरेका हुन् । यम थापाको लेखन/निर्देशनमा तयार भएको सिनेमामा केकीका अलावा अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, संगीता नापित, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

दावा शेर्पा (शेट्टी) प्रस्तुकर्ता रहेको सिनेमामा सोनम लामा र छिरिङ दोर्जेको लगानी छ । सिनेमामा चन्दन दत्तको सम्पादन छ ।