‘द म्यान फ्रम काठमाडौँ’मा नेपालीसँगै विदेशी कलाकार

‘द म्यान फ्रम काठमाडौँ’मा नेपालीसँगै विदेशी कलाकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – देशकै ठुलो मल्टीप्लेक्स ‘क्युएफएक्स’का प्रमुख नकिम उद्दिनले सिनेमा ‘द म्यान फ्रम काठमाडौँ’ निर्माण थालेका छन् । सिनेमाको अहिले काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायाँकन भैरहेको छ ।

नेपाली र अंग्रेजी भाषामा निर्माण हुने सिनेमामा नेपाली र विदेशी कलाकारले अभिनय गर्नेछन । पेमा धोन्डुपले निर्देशन गर्ने सिनेमाका लागि नेपालबाट निर शाह, आना शर्मा, कर्मा, शिशिर बाङदेल फाईनल भएका छन् । त्यस्तै बलिउड अभिनेता गुल्सन ग्रोवर, हलिउड सिनेकर्मी जोसे म्यानुएल र पाकिस्तानी अभिनेता हमिद शेख अभिनय गर्नेछन् ।

एक्सन जनरामा निर्माण हुने सिनेमाको लगानी ३ करोड बताइएको छ । कार्लोस मेडिनाको छायाँकन रहने सिनेमालाई नेपालसँगै अमेरिकाको लस एन्जल्समा खिचिनेछ । सिनेमामा पेमा स्वयम्को पटकथा, एरिक कारखेकको सम्पादन र जोसे म्यानुएलको द्वन्द रहनेछ ।