‘दि कर्मा’मा नीता, परमिता र बुद्दीको इन्ट्री

‘दि कर्मा’मा नीता, परमिता र बुद्दीको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा निर्माण भएको सिनेमा ‘दि कर्मा’मा अभिनेता बुद्दी तमाङ तथा अभिनेत्री नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका छ । निर्माण घोषणाताका यि तीन कलाकार सिनेमामा थिएनन ।

पोस्ट प्रोडक्सनमा रहेको सिनेमा भदौ महिनामा प्रदर्शनमा ल्याइने निर्माता जयराज रोयले बताए । छायाँकन सकाएर तीन लिड कलाकार सर्वजनिक गरे पनि भूमिकाको बारेमा दर्शकले गीत र ट्रेलर आएपछी मात्र थाहा पाउने निर्माता रोयले जानकारी दिए । सिनेमामा भारतीय मोडल तथा कलाकार करण वर्माको पनि मुख्य भूमिका छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’लाई नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा खिचिएको हो । जयराज रायको कथामा रहेको सिनेमामा रामेश्वर कार्कीले छायांकन, जयराज राय/निशा खतिवडाको निर्माण रहेको छ । नेपाली र हिन्दी भाषामा निर्मित सिनेमालाई भारतमा पनि प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ ।