मंसिर ७ मा रिलिज हुने भयो दि कर्मा !

मंसिर ७ मा रिलिज हुने भयो दि कर्मा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘दि कर्मा’ फस्टलुक सार्वजनिकसँगै रिलिज डेट पनि फाइनल गरिएको छ । अब यो सिनेमा मंसिर ७ गतेबाट अल नेपाल रिलिज हुनेछ । युट्युबबाट सार्वजनिक गरिएको फस्टलुकमा भारतका मोडल तथा कलाकार करण बर्मालाई फिचर्ड गरिएको छ ।

उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी एङग्री लुक्समा प्रस्तुत छन् । सिनेमा एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ । करण ‘मिस्टर इन्डिया २०१७’का विजेता हुन् । जय राज रायले निर्माण गरेको सिनेमालाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त सिनेमालाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमामा अष्ट महर्जनको द्वन्द्व छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको सिनेमाको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको सिनेमामा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । सिनेमाका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

https://youtu.be/wxkAZO3YeMY