भूकम्प पछी बेचिएकी सन्ध्याको कथा ‘द डार्कनेस बेकन’ (ट्रेलर)

भूकम्प पछी बेचिएकी सन्ध्याको कथा ‘द डार्कनेस बेकन’ (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बिक्रम संवत २०७२ को महाभूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको सिनेमा ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।

पवन केसी निर्देशित सिनेमाले भूकम्प पछी एउटा गाउँकी युवतीले भोग्ने दर्दनाक कथालाई प्रस्तुत गरेको छ । सिन्धुपाल्चोकको विकट गाउँ तौथलीमा भूकम्पपीडित सन्ध्याको जीवनमा आएको उतारचढावलाई कलात्मक रुपमा प्रस्तुत गरेको निर्देशक केसीले बताए । भूकम्पमा आमाबाबु गुमाएपछी काकाको पालनपोषणमा हुर्किदै गरेकी सन्ध्या प्रलोभनमा परेर कसरी आफ्नै काकाबाट बेचिन्छन भन्ने कथा सिनेमाले भन्नेछ ।

निर्देशक केसीकै कथा/पटकथा/संवाद रहेको सिनेमामा मरक्युरी श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेकी छन् । राजेश रिजालले निर्माण गरेको सिनेमामा प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, सुजाता श्रेष्ठ, बैदार लामा लगायतका कलाकारको अभिनय छ ।

‘द डार्कनेस बेकन’मा अशोककुमार बस्नेतको छायाँकन, राजेशकै गीत/संगीत र संदेश परियारको सम्पादन रहेको छ ।