आशिरमान र शिल्पा स्टारर ‘दि ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

आशिरमान र शिल्पा स्टारर ‘दि ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गते रिलिज हुने सिनेमा ‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

सिनेमामा समावेश ‘हरपल….’ बोलको गीतमा प्रकाश मल्लको शब्द, बिराज गौतमको संगीत तथा स्वर छ । सार्वजनिक गीतमा एक प्रेम जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । लभस्टोरी सिनेमा निर्देशनमा सफल निर्देशक हेमराज बिसीले ‘दि ब्रेकअप’लाई निर्देश गरेका हुन् ।

सिनेमामा आशिरमान र शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा निर्देशक हेमराजसँगै रुपक थापा, दिपक खतिवडा, रेनु राणाको लगानी रहेको छ ।

‘दि ब्रेकअप’मा बिषेश पाण्डे र बिराज गौतकाको संगीत, नरेन्द्र मैनालीको छायाँकन, हेमराज बिसीको कथा तथा पटकथा, कबिराज गहतराजको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।