सकियो ‘द ब्रेकअप’को छायांकन, रोहितको वारेमा बोल्न नचाहने हेमराज

सकियो ‘द ब्रेकअप’को छायांकन, रोहितको वारेमा बोल्न नचाहने हेमराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्की स्टारर सिनेमा ‘द ब्रेकअप’ छायांकन सकिएको छ । सोमबार काठमाडौंमा इन्डकल्याप कार्यक्रमको आयोजना गरि सिनेमाको सम्पुर्ण छायांकन सकिएको जानकारी निर्माण टिमले गरायो । सिनेमा निर्माणको सुरुवातमा ‘द ब्रेकअप’ निर्मामा रोहित अधिकारी र हेमराज वीसीले सहकार्य गरेका थिए । तर सिनेमाको छायांकन चलिरहदा उनीहरु विच असमझदारी बढे पछि रोहितले सिनेमाबाट हात झिकेका थिए ।

अष्ट्रेलियामा सिनेमाको छायांकन चलिरहादा रोहित र हेमराजविच असमझदारी बढेको हो । तर, सोमबार बेलुकी आयोजना भएको सिनेमाको इन्ड क्ल्याप पार्टीमा भने हेमराजले सहमतीमै सिनेमाबाट रोहितले हात झिकेको बताए । उनले भने-‘काम गर्दै जाादा असमझादरी हुन्छ । मेरो काम गर्ने आफ्नै तरिका छ, रोहितको आफ्नै छ । यसैले समझादारीमै उनले सिनेमा छाडेका हुन् ।’

हेमराजले भित्री रुपमा के असमझदारी थियो, त्यो भने आफूले सबै सामु ल्याउन आवश्यक न ठानेको समेत बताए । रोहित अधिकारीले हेमराजको काम गराइबाट असन्तुष्ट भएर सिनेमा छाडेको खबर मिडियामा आएको थियो । हेमराजले भने त्यो कुरालाई अस्विकार गरे ।

रोहितले सिनेमा छाडेपछि अब यसमा निर्माताको रुपमा हेमराजसागै रुपक थापा, दीपक खतिवडा, रेनु रानाको लगानी रहेको छ । अष्ट्रेलियामा र नेपालमा छायांकन भएको सिनेमामा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । निर्माताहरुविच मनमुटाव भएपनि आफूहरुको काममा कुनै फरक नपरेको कलाकारले प्रतिक्रिया दिएका थिए । सिनेमाको प्रदर्शन मिति पौष २५ लाई तय गरिएको छ । पूर्ण रुपमा प्रेम कथामा यो सिनेमानिर्माण हुनेछ ।